सिनेमा

प्रभास अभिनित ‘आदिपुरुष’को टिजर सार्वजनिक

इकागज |
असोज १६, २०७९ आइतवार २१:२८ बजे

काठमाडौँ - दक्षिण भारतीय अभिनेता प्रभासको प्रतीक्षित फिल्म ‘आदिपुरुष’को टिजर सार्वजनिक भएको छ । फिल्ममा कृति सेनन, सैफअली खान र सन्नी सिंहको पनि प्रमुख भूमिका छ ।

फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छन् भने सैफअली रावणको भूमिकामा छन् । अयोध्यायको सरायु नदीको किनारमा आयोजित विशेष कार्यक्रममा टिजर सार्वजनिक भएको हो ।


आकर्षक भीएफएक्स र डरलाग्दो लंकेश्वर रावणसँग प्रभासको द्वन्द्वको कारण टिजर दर्शनीय बनेको छ । रामायणमा आधारित फिल्मले असत्यमाथि सत्यको जितको कथा भन्छ । जनवरी १२, २०२३ मा फिल्म रिलिज हुने तयारीमा छ ।

 


Author

थप समाचार
x