सिनेमा

कार्तिक ११ मा आउने ‘लाखे’ को ट्रेलर सार्वजनिक

इकागज |
असोज १७, २०७९ सोमबार १६:१८ बजे

काठमाडौँ - सस्पेन्स थ्रिलर जन्राको प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । 

सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रिल, एक्सन तथा सेन्टिमेन्टसको सम्मिश्रण देखिन्छ । टे«लरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । 


सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । 

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपानेले सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । 
हेर्नुस् ट्रेलर–

 


Author

थप समाचार
x