सिनेमा

सो नपाएको भन्दै भुवन केसीको राजीनामा माग्दै ‘बाबरी’ टिम

इकागज |
असोज १७, २०७९ सोमबार १७:३७ बजे

काठमाडौँ - प्रेमगीत ३ को सिको गर्दै बाबरी टिमले पनि चलचित्र विकास बोर्डले हल व्यवस्थापन गर्न नसकेको भन्दै अध्यक्ष भुवन केसीको राजीनामा माग गरेको छ । निर्माण टिमले सोमबार रिपार्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई हलमा विभेद गरिएको भन्दै गुनासो गरेको हो ।

निर्देशक सुरेन्द्र पौडेलले यदि नेपाली फिल्माथि अन्याय भइरहँदा बोर्डले केही गर्न नसक्ने हो भने बोर्डको कुर्सीमा बसिरहने कुनै औचित्य नभएको भन्दै भुवन केसीले राजीनाम दिनुपर्ने बताएका थिए ।


‘दर्शकले तीन तीन पटकसम्म फिल्म हेरिरहेको बताउनु भएको छ । दसैैँमा टीकापछि बल्ल फिल्म चल्छ । तर यहाँ त टीकासम्म त एउटा पनि सो बाँकी नरहला जस्तो भो । हाम्रो सो हाउसहुँदा हुँदै अर्कै फिल्मका लागि सो छुट्याइएको छ, यो हामीमाथि अन्याय हो,’ पौडेलले भने । 

फिल्मका अभिनेता धिरज मगरले पनि आफ्नो फिल्म हेर्न दर्शक आइरहँदा पनि सो घटाउने काम भएको भन्दै गुनासो गरेका थिए । उनले भने, ‘यो कसको दोष हो मलाई थाहा छैन तर दर्शकले हेर्न खोज्दा खोज्दै पनि हाम्रो फिल्म हेर्न पाइरहनु भएको छैन ।’​धिरजको कुरामा सही थाप्दै अदिती बुढाथोकीले पनि सो बढाइदिन आग्रह गरेकी थिइन् । उनले सम्बन्धित मान्छेले यो कुरा बुझेर सहयोग गर्न आग्रह गरेकी थिइन् । 


Author

थप समाचार
x