सिनेमा

शाहरुखको ‘जवान’लाई चोरीको आरोप

इकागज |
कात्तिक २०, २०७९ आइतबार १५:४९ बजे

मुम्बई- शाहरुख खान पहिलो पल्ट दक्षिण भारतीय फिल्ममा काम गरिरहेका छन् । तमिल निर्देशक एटलीको निर्देशन रहेको ‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग काम गरिरहेका छन् । यो फिल्मको सुटिङ अझै सकिएको छैन तर रिलिज अगावै यो फिल्म विवादमा फसेको छ ।

तमिलकै निर्माता मनिकम नारायणनले ‘जवान’को कथा चोरी भएको आरोप लगाएका हुन् । उनले तमिल फिल्म निर्माता संघमा आफ्नो कथा चोरी गरेर एटलीले फिल्म बनाएको आरोप लगाएका हुन् । उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन् ।


सन् २००६ मा रिलिज भएको फिल्ममा विजयकान्तको दोहोरो भूमिका छ । ‘जवान’मा पनि शाहरुख खान दोहोरो भूमिका देखिने चर्चा छ । फिल्ममा विजय सेतुपती र प्रियामणीको पनि अभिनय रहेको छ । यो फिल्म आउँदो सालको जुन २ मा रिलिज हुँदैछ । 

निर्माताको दाबीलाई लिएर सोमबार तमिल निर्माता संघले सोधपुछ सुरु गर्ने भएको छ । पहिलो त फिल्मको अधिकार निर्मातासँग छ कि छैन भनेर यकिन गर्ने निर्माता संघले जनाएको छ । शाहरुख यतिबेला ‘पठान’ र ‘डंकी’ पनि काम गरिरहेका छन् । यी दुवै फिल्म पनि आउँदो वर्ष रिलिज हुने सेड्युलमा छन् । 


Author

थप समाचार
x