सिनेमा

‘उँचाई’ हेर्नेलाई सगरमाथाको आधार शिविर जाने अवसर

इकागज |
मंसिर १३, २०७९ मंगलबार १०:५० बजे

काठमाडौँ - भोलिबाट तेश्रो सातामा प्रवेश गर्न लागेको बलिउड फिल्म ‘उँचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ । दोश्रो सातासम्म आइपुग्दा पनि फिल्मलाई  लिएर दर्शकको उत्साह बलियो छ ।यो फिल्म हेरेका अधिकांश नेपाली दर्शकले यसको कथावस्तु र नेपालको सुन्दर दृश्यलाई मन पराएका छन् । हरेक नेपालीले एकपटक यो फिल्म हेर्नैपर्ने प्रतिक्रिया फिल्म हेरेका दर्शकको छ ।

यसैबीच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ ।यस्तै, फिल्म हेर्दा कलाकारहरु अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसर समेत वितरक कम्पनीले दिने भएको छ ।यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम समेत वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ । यो साता फिल्म हेर्ने दर्शकमध्ये एक जनाले यो अवसर पाउनेछन् ।


सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी लगायतका कलाकारको अभिनय छ । आफ्नो साथीको सपना पुरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने ३ पाका पुरुषहरुको कथामा यो फिल्म बनेको छ । दोश्रो हाफमा नेपाललाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको फिल्मले सगरमाथालाई भगवानको रुपमा चित्रित गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारी समेत गरेको छ । 


Author

थप समाचार
x