सिनेमा

‘आरआरआर’ले जापानमा कमायो २० करोड, रजनिकान्तको रेकर्डमा आँखा

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १३:७ बजे

मुम्बई-  ‘आरआरआर’ ले जापानमा कमाइको नयाँ कीर्तिमान कायम गरेको छ । एक महिनाअघि जापानका सीमित पर्दामा रिलिज भएको फिल्मले निरन्तर दर्शक लोभ्याइरहेको छ । सीमित पर्दामा रिलिज हुँदा पनि फिल्मले १ महिनाको प्रदर्शनमा २० करोड भारतीय रुपैँया बराबर कमाइ गरेको छ । 

जापानमा रिलिज भएका फिल्मध्ये कमाइको मामलामा ‘आरआरआर’ दोस्रो नम्बरमा रहेको छ । स्रोतका अनुसार रजनिकान्तको फिल्म ‘मुथु’ जापानमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो । दुई दशकअघि रिलिज भएको यो फिल्मले उसबेला नै २३ करोड हाराहारी कमाइ गरेको थियो । त्यसयता जापानमा ‘बाहुबली’, ‘दंगल’, ‘साहो’ जस्ता फिल्म रिलिज भए पनि तिनले रजनिकान्तको रेकर्ड तोड्न सकेका थिएनन् । ‘आरआरआर’लाई भने यो रेकर्ड तोड्न सक्ने फिल्मको रुपमा हेरिएको छ ।  ‘आरआरआर’ ‘मुथु’भन्दा ३ करोडले मात्र पछाडि छ ।


तर समाचारअनुसार यो फिल्म जापानमा अहिले पनि हाउसफुल दर्शकका साथ चलिरहेको छ र यो अनुपात कायम रहने हो भने आउँदा हप्तासम्ममा यसले त्यो रेकर्डलाई पछि पार्ने विश्वास गरिएको छ । रामचरण र जुनियर एनटीआर अभीनित फिल्मले यो पल्ट अस्करमा पनि दाबेदारी प्रस्तुत गरिरहेको छ ।  


Author

थप समाचार
x