सिनेमा

‘गुञ्जन’ गीत : दुबईमा सारा र प्रितमकोे रोमान्स

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १३:४० बजे

काठमाडौँ - आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् ।

रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । दुबईको सुन्दर लोकेसनमा खिचिएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ । अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।


विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशनमा डेब्यू फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् ।हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । 

विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । फिल्ममा  कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत राखिएको छ । फिल्मका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ । 

 


Author

थप समाचार
x