सिनेमा

नेफ्टाको ११ औँ संस्करण अमेरिकाको टेक्सासमा

इकागज |
मंसिर १८, २०७९ आइतवार ११:३४ बजे

काठमाडौँ - विदेशमा केही संस्करण गरेर घरेलु भूमिमा फर्किएको चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको नयाँ संस्करण फेरि विदेशी भूमिमा हुने भएको छ । संस्थाका अध्यक्ष पुष्कर लामाले प्रेस विज्ञप्ति जारी गर्दै अवार्डको नयाँ संस्करण अमेरिकामा जेठ १३ गर्ने तयारी भइरहेको जनाएका छन् । नेफ्टाले यसअघिका चार संस्करण पनि विदेशमा गरेको थियो । 

‘कोभिड महामारीले सिर्जना गरेको कठिन परिस्थितिमा अघिल्ला तीन वर्षमा हामीले अवार्डलाई अघि बढाउन सकेनौं । यतिबेला नेपालसँगै एकैदिनमा संसारका ठूला बजारमा फिल्म प्रदर्शन हुन थालेका छन् । ‘कबड्डी ४’, ‘प्रेमगीत ३’, ‘महापुरुष’जस्ता फिल्म नेपालसँगै एकैदिन अमेरिका, युरोप, अष्ट्रेलियामा रिलिज भए । यसलाई गतिवान बनाउन हामी फेरि एकपटक डायस्पोरामा अवार्ड गर्ने निर्णय गरेका हौँ,’ लामाले भनेका छन् । 


अवार्डको ११ औं संस्करण आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकी राज्य टेक्ससको डल्लासमा आयोजना गर्न लागेको लामाले उल्लेख गरेका छन् । अवार्डले फिल्मको प्रवद्र्धन मात्र नभई अमेरिका र नेपालबीचको ७५ वर्ष पुरानो कूटनीतिक र मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ तुल्याउन अवार्ड कोशेढुंगा हुनेछ भन्ने आफूहरूको ठम्याइ रहेको लामाको कथन छ । 


Author

थप समाचार
x