सिनेमा

‘टाइटानिक’ अभिनेत्री भन्छिन् : बच्चाको फोन प्रयोग अघि लाचार बाबुआमा

इकागज |
मंसिर १८, २०७९ आइतबार १२:२७ बजे

लसएन्जल्स ;  केटाकेटीको मोबाइल प्रयोगबाट आजित हुनेमा ‘टाइटानिक’ अभिनेत्री केट विन्स्लेट पनि परेकी छिन् । उनले बीबीसीसँग कुरा गर्दै बच्चाको सोसल मिडिया प्रयोगका अघि बाबुआमाहरू लाचार हुन थालेको बताएकी हुन् । 

केट विन्स्लेटले आमा छोरीको सम्बन्धमा आधारित ‘आइ एम रुथ’मा अभिनय गरेकी छिन् । सोही फिल्मको प्रचारका क्रममा बीबीसी पुगेकी उनले फिल्मले सोसल मिडियाको प्रयोगबाट मानसिक स्वास्थ्यमा असर परेकी छोरीको आमाको भूमिका निर्वाह गरेको बताएकी थिइन् । यही क्रममा उनले समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई समाधान गर्ने उपाय भने आफूहरूसँग नभएको यथार्थ उजागर गरेकी थिइन् । 


‘सोसल मिडियाको दुनियाँ डरलाग्दो छ । किनकि त्यहाँ के भइरहेको छ र बच्चाहरूले के हेरिरहेका छन्, हामीलाई थाहा हुन्न,’ उनको भनाइ छ । उनले साथीभाइ र अरु सम्बन्धका बारेमा पनि बाबुआमालाई केही थाहा नहुने बताएकी थिइन् । ‘किनकि यी सबै सम्बन्ध पनि फोनमै बनिरहेका हुन्छन् ,’ उनको धारणा थियो । 

केटले सोसल मिडियामा पाइने सामाग्रीका बुझ्न उनीहरू भावनात्मक रुपमा तयार भइनसक्ने भएकाले पनि सोसल मिडियाको दुनियाँ जति गहिरो भयो त्यति अँध्यारो हुँदै गएको धारणा राखेकी थिइन् । उनले यसको नियन्त्रणका लागि सरकारले निश्चित उमेरसम्म निश्चित कुराहरू चलाउन नपाउने नियम ल्याउनुपर्ने कुरामा जोड दिएकी थिइन् । 


Author

थप समाचार
x