सिनेमा

प्रिंयका र ऋचाको 'चि मुसी चि...' एक हप्ता पछि सर्यो

इकागज |
मंसिर २०, २०७९ मंगलबार १०:२९ बजे

काठमाडौँ-  पुस १५ मा रिलिज हुने भनिएको सिनेमा 'चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ'एक हप्ता पोस्टपोन्ड भएको छ । फिल्म अब आगामी पुस २२ गते  प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमाको मोसन पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज एक हप्ता पर धकेलिएको जानकारी गराएको हो ।

अहिलेको अवस्थामा दुई राम्रो नेपाली सिनेमा एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावतर्तीले बताए । बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली सिनेमा एकक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ' पुस २२ गते रिलिज गर्न लागेको निर्माता चक्रावर्ती भनाइ छ । पुस १५ मा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको  'डिसेम्बर फल्स' रिलिज हुँदैछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सिनेमाको सार्वजनिक मोसन पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।  

सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने निर्माताको दाबी छ । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।



Author

थप समाचार
x