सय करोड लिने कलाकारले फिल्म डुबाइरहेका छन्
मुम्बई - चल्तीका मुद्दामा नडराई आफ्नो विचार राख्ने अभिनेता नवाजुद्दिन सिद्धिकीले फेरि एक पटक सनसनीखेज बयान दिएका छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा कलाकारले बक्स अफिसको कुरा गर्नु भनेको अभिनय कौशलमाथि धोखा दिनुसरह भएको बताएका छन् । बक्स अफिसको कुरा गर्नु कलाकारको हैन निर्माताको काम भएको उनको तर्क थियो ।
‘कुनै पनि फिल्म हिट वा फ्लप फिल्मको बजेटका कारणले हुन्छन् । कलाकार, निर्माता वा लेखक कोही फेल हुँदैनन् । हिट वा फ्लप जे हुन्छन्, सिनेमाको बजेटका कारणले हुन्छन्,’ उनको भनाइ थियो ।नवाजुद्दिनले सय करोड लिने कलाकारले पनि फिल्मलाई नोक्सान गरिरहेको बताएका छन् ।
एउटै हिरोले सय करोड लिएपछि निर्मातालाई व्यावसायिक जोखिम धेरै हुने र यसैको डरले फिल्ममा धेरै मसला हाल्दा फिल्म तीतो गएको उनको अनुभव छ । पैसा र विचार मध्ये के महत्वपूर्ण हुन्छ ? भन्ने प्रश्नमा नवाजुद्धिनले इतिहास पल्टाउने हो असल कथालाई पैसाले पछ्याउने गरेको देख्न सकिने जिकिर गरेका थिए । उनले स्टार हावी हुने सिनेमाको युग सकिएको र कथा स्टार हुने समय आएको पनि बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया