सिनेमा

नोरा फतेहीले हालिन् ज्याकलिनविरुद्ध मुद्दा

इकागज |
मंसिर २७, २०७९ मंगलबार १०:१८ बजे

मुम्बई - अभिनेत्री नोरा फतेहीले समकालीन अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा हालेकी छिन् । ज्याकलिनले विनाप्रमाण आफ्नो नाम ठगी कान्डका आरोपी सुकेश चन्द्रशेखरसँग जोडेका भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् । ज्याकलिनले प्रवर्तन निर्देशनालय (इडी)सँगको सोधपुछमा ठग सुकेश चन्द्रशेखरको सम्बन्ध नोरा फतेहीसँग पनि रहेको बताएकी थिइन् ।

नोराले सुकेशसँग आफ्नो कुनै सिधा सम्बन्ध नरहेको तर उसकी श्रीमतीसँग भने सामान्य चिनजान रहेको बयान दिएकी थिइन् । नोराले सुकेशबाट कुनै उपहार पाएको पनि खण्डन गरेकी छिन् । नोराले अदालतमा दर्ता गरेको निवेदनमा ज्याकलिनबाहेक थुप्रै समाचार संस्थाले विनाप्रमाण आफ्नो मुछेर समाचार बनाएको र यसले आफ्नो करिअर र मानसिक स्वास्थ्यमा असर परेको दाबी गरेकी छिन् । नोरा र ज्याकलिन दुवैसँग इडीले मुद्रा अपचलनको विषयमा बारम्बार सोधपुछ गरेको थियो । ज्याकलिनलाई त प्रहरीले देश छाड्न अनुमति लिनपर्ने शर्तमा काम गर्न दिने गरेको छ । ज्याकलिन र नोरा दुवै विदेशी नागरिक हुन् ।  



Author

थप समाचार
x