‘भष्मे डन’ मा विपिनको जोडी स्वस्तिमा
काठमाडौँ- निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।
सिनेमालाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । सिनेमामा स्वस्तिमा विपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् । सिनेमामा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिएका छन् ।
‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो । ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने सिनेमाको पर्दामा देखिने छैनन् । ‘पशुपति प्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो । ‘पशुपति प्रसाद’मा विपिनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो । सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन् ।
आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर सिनेमाको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । आगामी दसैँमा सिनेमा रिलिज गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया