सिनेमा

‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’ को घोषणा

इकागज |
माघ १६, २०७९ सोमबार ११:२७ बजे

काठमाडौँ- लोकप्रिय सिनेमा ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’ निर्माणको आधिकारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनि टुकी आर्टस प्रालिले केक काटेर खुसियाली मनायो । यहि अवसरमा निर्माण पक्षले सिनेमाको कास्ट एण्ड क्रु र रिलिज डेटपनि सार्वजनिक गरेको छ ।

आज भन्दा ७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने फेञ्चाइजको नाम ‘पशुपति प्रसाद २: भष्मे डन 'जुराइएको छ ।


अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने सिनेमाको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन । उनि ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शक माझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । अहिलेपनि सामाजिक संजालमा ‘भष्मे डन’का संवाद र दृश्य लोकप्रिय छन् ।

‘भष्मे डन’मा विपिनसंगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ । निर्माण पक्षले यो सिक्वेल तर्क संगत र अर्थपूर्ण बनाउन निक्कै मिहेनत गर्ने बताएको छ ।

आगामी फागुन मध्यदेखि छायांकनमा जाने सिनेमा २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुनेछ । कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ । निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।


Author

थप समाचार
x