सिनेमा

आमिर खानको ७ वर्ष पुरानो रेकर्ड तोडे शाहरुखले

इकागज |
माघ २२, २०७९ आइतबार १६:५६ बजे

मुम्बई - शाहरुख खानको नयाँ फिल्म ‘पठान’ले आमिर खानले ७ वर्ष पहिले बनाएको रेकर्ड तोडेको छ । ७ वर्षअघि रिलिज भएको आमिर खानको ‘दंगल’ले ३ सय ८७ करोड कमाउँदै हिन्दी भाषामा बनेकोमध्ये सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको थियो । शाहरुखको ‘पठान’ले रिलिजको ११ दिनमै ४ सय करोड पार गर्दै ‘दंगल’को रेकर्ड उछिनेको हो । योसँगै ‘पठान’ सर्वाधिक कमाउने फिल्म बनेको छ । 

फिल्मले शनिबारसम्म विश्वभरबाट ७ सय २९ करोड कमाइ गरेको छ । यसअघि यो आँकडा ‘दंगल’बाहेक ‘बाहुबली २’ र ‘केजीएफ २’ले पनि पार गरेका छन् । ‘बाहुबली २’ र ‘केजीएफ २’ले ४ सय करोड १८ दिन र २३ दिनमा यो आँकडा छोएका थिए । 


४ वर्षपछि पर्दामा फर्किएका शाहरुखको पुनरागमनलाई दर्शकलाई सेलिब्रेट गरेका छन् । कथा उति बलियो नभए पनि फिल्मको ‘प्याकेजिङ’ लाई दर्शकले रुचाएका छन् । फिल्ममा शाहरुखबाहेक दीपिका पादुकोन र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ । 


Author

थप समाचार
x