सिनेमा

विज्ञापनले गाली खाएपछि करिष्माले स्वीकारिन् गल्ती

इकागज |
चैत ९, २०७९ बिहीबार १०:२२ बजे

काठमाडौँ - अभिनेत्री करिष्मा मानन्धरले आफूले गरेको एउटा विज्ञापनको अभिनयलाई लिएर चर्को आलोचना खेपेपछि त्रुटी भएको स्वीकार गरेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै दर्शक झुक्याउने मनसाय नरहे पनि कलाकारको रुपमा अपेक्षा पूरा गर्न नसकेको आसय व्यक्त गर्दै आगामी दिनमा सच्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

उनले निर्माण र अभिनय बेग्ला बेग्लै पाटो भएकाले कलाकारले आफ्नो सीमामा रहेर काम गर्नुपर्ने पनि उल्लेख गरेकी छिन् । तर करिष्माले अभिनय गरेको विज्ञापनको निर्माण शैली भन्दा पनि करिष्माको अभिनय कलालाई लिएर आलोचना भएको थियो ।


उनले अभिनय गरेको विज्ञापन सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै महानायिकाको विज्ञापन भन्दै हाँसोमा उडाउने काम भएको थियो । विज्ञापनमा करिष्माको विज्ञापन सिकारुभन्दा दस गुणा कमजोर रहेको भन्दै टिप्पणी भएको थियो ।दुई वर्षअघि करिष्माले गर्वसाथ महानायिका उपाधि धारण गरेकी थिइन् । अभिनेता राजेश हमालले उनलाई महानायिका स्यासे पहिर्याउँदै महानायिका घोषणा गरेका थिए । 
 


Author

थप समाचार
x