सिनेमा

हलिउड सिनेमा 'जोन विक च्याप्टर ४' हलमा सोलाे रिलिज

इकागज |
चैत १०, २०७९ शुक्रबार १०:१५ बजे

काठमाडौँ- शुक्रबारबाट नेपाली सिनेमा हलमा हलिउड सिनेमा 'जोन विक च्याप्टर ४' रिलिज भएको छ । सिनेमाले नेपाली मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ । बुधबार खुलेको अग्रिम टिकट बुकिङ पनि निकै राम्रो देखिएको छ ।

सिनेमाको नेपाल रिलिज अधिकार सिंहदेवी प्रोडक्सनले लिएको छ । 'जोन विक च्याप्टर ४' को राइट्स ५० लाख भारुमा खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए ।


केइनु रिभ्स स्टारर सिनेमा विश्वभरका दर्शकमाझ निकै प्रतिक्षित छ । रिलिज पूर्व युकेमा गरिएको प्रिमियरसिनेमाले निकै राम्रो समीक्षा पाएको थियो ।  सिनेमाले भारत, चिन, युके र अमेरिकी बक्सअफिसमा उछाल ल्याउने अपेक्षा छ । लगभग तीन घन्टा लामो फिल्मले जाेन विक नामक चरित्रको बदलाकाे कथा प्रस्तुत गर्छ । यसका तीनै भाग अत्यधिक सफल मानिएका थिए । 


Author

थप समाचार
x