सिनेमा

भदौमा अन्यायमा परेको ‘राधा’ फेरि एक पटक भदौमा नै

इकागज |
जेठ १६, २०८० मंगलबार १४:३० बजे

काठमाडौँ - गत साल भदौ १० मा रिलिज भएको सुवर्ण थापा निर्देशित ‘राधा’ फेरि हलमा लाग्ने भएको छ । निर्देशक थापाले विदेश प्रदर्शनपछि फिल्म पुन ः हलमा रिलिज गरिन लागेको जानकारी गराएका छन् । 

गतवर्ष सो बाँडफाँडमा चित्त दुखाउँदै निर्माताले फिल्म रिलिजको तेस्रो दिन नै हलबाट उतारेका थिए ।  उसबेला फिल्म ‘प्रकाश’ सँगै रिलिज भएको थियो । खासगरी मल्टिप्लेक्सले कम सो र दिएका सो पनि अफ टाइममा दिएको भन्दै निर्माताले हलबाट निकाल्ने निर्णय गरेका थिए । 


निर्देशक थापाले फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिँदै  लेखेका छन् – ‘आदरणीय दर्शक महानुभावहरू अस्ट्रेलिया, नर्थ अमेरिका र यूरोपको सफल प्रदर्शन एवं विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागितापछि हामीले ‘द सेक्रेट्स अफ राधा’लाई तपाईहरूको सामु ल्याउने जमर्को गरेका छौँ । आशा छ यो अवसरमा तपाईँहरूले हाम्रो साथ दिनुहुनेछ ।’ 

थापाको अनुसार यो फिल्म अब भदौ २९ मा रिलिज हुनेछ । तर थापाले ताकेको यो मितिमा अहिलेसम्मलाई तीन फिल्म सोही मितिमा आउने गरी घोषणा गरेर बसेका छन् । भदौ २९ मा ‘एैँचोपैँचो’, ‘भगवत् गीता’ र ‘नांगो गाउँ’ले प्रदर्शन हुने घोषणा गरेका छन् । 

फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, सौगात मल्ल, दिव्य देव, बुद्धि तामाङ, लोकेन्द्र लेखक, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राईलगायतको अभिनय छ । ‘राधा’ले महिलाको सहनशीलतालाई कथानकमा उनेर प्रस्तुत गरेको छ । निर्देशक थापाले यो फिल्म रंगिन र ब्ल्याक एन्ड ह्वाइट गरी दुई रङमा तयार गरेका छन् । फेस्टिभलमा उनले ब्ल्याक एन्ड ह्वाइट चलचित्र पठाइरहेका छन् भने हलमा रंगिन देखाउँदै आएका छन् । 


Author

थप समाचार
x