सिनेमा

सुवर्ण थापा निर्देशित ‘राधा’ लाई फ्रान्समा तीन अवार्ड

इकागज |
जेठ १८, २०८० बिहीबार १५:१२ बजे

काठमाडौँ-  फ्रान्सको कान्समा आयोजना भएको ‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’को ७ विधामा मनोनयनमा परेको सुवर्ण थापा निर्देशित ‘राधा’ले तीन विधामा अवार्ड जितेको छ। सुवर्ण थापाका अनुसार फिल्मले अभिनेत्री, निर्देशन र फिल्म गरी ३ विधामा अवार्ड जितेको हो ।  

‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्लेटफर्म दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । सुवर्ण थापाको लेखनसमेत रहेको फिल्मले पनि शीर्ष चरित्रमार्फत महिलाको सहनशक्तिको कथा पेस गर्छ । 


 

यही महिनाको २३ तारिखबाट सुरु भएको फेस्टिभल भर्खरै समापन भएको थियो ।  सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म नेपाल प्राविधिक संघले आयोजना गर्र्दै आएको नेफ्टा अवार्डमा १० विधामा मनोनयनमा परेको छ । गत वर्षको भदौको दोस्रो सात हलमा रिलिज भएको फिल्मले प्रदर्शकबाट राम्रो साथ नपाएको भन्दै प्रदर्शनको तेस्रो दिन हलबाट उतार्ने निर्णय गरेको थियो । फिल्ममा आधा दर्जन बढी चलेका कलाकारको अतिथि भूमिका थियो । निर्देशक थापाले 'राधा' फेरि भदौको २९ गते रिलिज गर्ने तयारी गरेको बताएका छन् ।

 


Author

थप समाचार
x