सिनेमा

सुरक्षाले झन्डै छाडेकी थिइन् कान्स जित्ने ‘दि एट्थ माउन्टेन’

इकागज |
जेठ १९, २०८० शुक्रबार १२:११ बजे

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्तले फ्रान्सको कान्समा गत साल जुरी अवार्ड जित्न सफल ‘दि एट्थ माउन्टेन’ झन्डै छाडेकी बताएकी छिन् । उनले मार्टिन चौतारीमा बिहीबार फिल्मको प्रदर्शनपछि फिल्मसँग जोडिएका अनुभव सुनाउने क्रममा फिल्म र फिल्म बनाउने निर्देशकको बारेमा जानकारी नहुँदा दुई दुई पटक भ्याउँदिन भनेर इन्कार गरेको बताएकी छिन् ।

चलचित्र समीक्षक समाजले फिल्मको प्रदर्शनपछि राखेको अन्तक्र्रिया कार्यक्रममा सुरक्षाले भनिन्, ‘जतिबेला यो फिल्मको अफर आयो त्यतिबेला म बहाव भन्ने सिनेमा गरिरहेको थिएँ । अभिनेत्री शान्ति गिरीले मलाई यो फिल्मको अडिसनमा सामेल हुन भन्नु भएको थियो । तर मैले सुटिङ गरिरहेकाले भ्याउँदिन भन्ने जवाफ दिएकी थिएँ । मेरो कुरा सुनेर उहाँले हप्काउनु भएको थियो ।’


 शान्ति गिरीबाट फिल्मको वजन थाहा पाएपछि आफू अडिसनमा सहभागी भएको र लामो प्रक्रियाबाट छनौट भएको सुनाएकी थिइन् । तर यसपछि पनि विदेशी फिल्मले मागेको समय र आफूले पहिले नै वाचा गरेको ‘बुलाकी’ को सुटिङ जुध्ने भएपछि आफूले गर्न नभ्याउने जवाफ दिएको स्मरण गरेकी थिइन् । 

‘यतिबेला पनि मैले बुलाकीका कारण नभ्याउने भनेको थिएँ । फेरि पनि शान्ति दिदीले सम्झाएपछि यो फिल्ममा काम गर्ने मौका जुर्यो । अहिलेसम्म नेपाली फिल्ममा काम गरेको अनुभवको कम्प्लिट प्याकेज जस्तो चाहिँ यो फिल्म गर्दा अनुभव भएको थियो,’ सुरक्षाले सुनाइन् ।गत साल कान्समा प्रिमियर भएको फिल्ममा सहभागी हुन् सरक्षा फ्रान्स पुगेकी थिइन् । फिल्मले जुरी अवार्ड जितेको र इटलीमा पनि थुप्रै अवार्ड जितेको फिल्मका अभिनेता लुकाले आफूलाई बताएको सुरक्षाले बताएकी थिइन् । 


Author

थप समाचार
x