सिनेमा

सोमबार धनगढीका युवकसँग विवाह गर्दै श्‍वेता खड्का

इकागज |
मंसिर १७, २०७७ बुधबार २०:५० बजे

काठमाडौँ : दसैँ तिहारको बीचमा अभिनेत्री श्‍वेता खड्काको विवाहको चर्चाले सिनेवृत्त तरंगित भएको थियो । दसैंमा अपरिचत युवकसँगै टीका लगाएको फोटो सार्वजनिक भएसँगै श्‍वेताले विवाह गर्न लागेको खबर फैलिएको थियो । यस्तो खबरमा श्‍वेताले धनगढीका युवकसँग विवाह गर्न लागेको र मंसिर ५ को लगनमा बिहे गर्ने गरी होटलसमेत बुक गरेको खबर बाहिरिएका थिए ।
 
हल्लाको सत्यतथ्य जाँचका लागि इकागजले श्‍वेतासँग सम्पर्क गर्दा उनले विवाहको खबरमा अनभिज्ञता प्रकट गरेकी थिइन् । तर, इकागजले श्‍वेताको विवाहको कार्ड प्राप्त गरेको छ । श्‍वेताले विवाह गर्न लागेको दुलाहाको तर्फबाट बाँडिएको कार्डमा लेखिए अनुसार श्‍वेताले मंसिर २२ मा विजयेन्द्रसिंह रावतसँग विवाह गर्न गइरहेकी छिन् ।
 
वैवाहिक समारोह गोकर्ण फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ । ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली फिल्ममा डेब्यु गरेकी श्‍वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै  विवाह गरेकी थिइन् । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो ।
 



Author

थप समाचार
x