सिनेमा

दर्शकको स्वागत गर्ने तयारीमा सिनेमा हल (फोटो फिचर)

अनुज बज्राचार्य |
असोज २१, २०७८ बिहिवार १७:९ बजे

काठमाडौँ -  दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।


काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेका हुन् । 


बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी दुई अंग्रेजी फिल्म रिलिज भएका थिए । तर पहिलो दिन यी दुवै फिल्म हेर्न दर्शकको चासो देखिएन । यद्यपि आज सरकारी बिदा थियो । 

आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदैछन् । २६ गते ‘डाँडाको बरपीपल’ रिलिज हुँदैछ भने त्यसको दुई दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ । यो फिल्मले भने दर्शक हलमा बोलाउने अपेक्षा गरिएको छ । 


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x