सिनेमा

राम र रावण बन्न ऋतिक र रनवीरलाई १ सय ५० करोड

इकागज |
असोज २४, २०७८ आइतवार १४:२७ बजे

मुम्बई -  हिन्दी भाषामा सबैभन्दा महंगो बजेटमा निर्माण हुन लागेको ‘रामायण’मा अभिनय गर्न ऋतिक रोशन र रनवीर कपुरले ७५ करोड लिएको समाचार छ । मधु मन्टेनाको निर्माण तथा नितेश तिवारीको निर्देशन रहने फिल्मका लागि दुई हिरोले ७५ करोड पारिश्रमिक लिने शर्तमा सम्झौता गरेको जनाइएको छ ।

 उनीहरूले लिएको यो रकम तीन भागका लागि हो । यो फिल्म तीन भागमा बन्नेछ । फिल्मको कुल लगानी ७ सय ५० करोड रहेको बताइएको छ ।  मधु मन्टेनाले लामो समयदेखि यो फिल्म बनाउने तयारी गरिरहेका थिए । केही समयअघि मात्र नितेश तिवारीको निवासमा ऋतिक र रनवीर गएको समाचारहरू पनि आएका थिए । लामो समयको छलफलपछि उनीहरू फिल्ममा राम र रावण बन्न तयार भएका हुन् ।


निर्माता अहिले सीताको खोजीमा रहेका छन् । सीताका लागि करिना कपुरको नाम चर्चामा रहे पनि निर्माता मधु मन्टेनाले करिना प्रतिभाशाली अभिनेत्री रहे पनि सीताका लागि उपयुक्त नहुने बताएका छन् । रामायणकै कथामा बन्न लागेको ‘सीता दि इनकार्नेसन’मा भने केही समयअघि कंगना रनावत फाइनल भएकी थिइन् । यो फिल्मको अन्य जानकारी भने बाहिर आइसकेको छैन । 


Author

थप समाचार
x