सिनेमा

शनिबारबाट जोमसोममा ‘कबड्डी’ खेल्दै दयाहाङ र सौगात

इकागज |
कात्तिक ७, २०७८ आइतवार १२:४८ बजे

काठमाडौँ -  कोरोना महामारीको दोस्रो लहर आउनुअघि सुटिङमा निस्कने ठिक्क परेको ‘कबड्डी ४’ले  शनिबारबाट सुटिङ सुरु गरेको छ । दसैँ लगत्तै फ्लोरमा निस्किएको फिल्मले मुस्ताङको जोमसोमबाट सुटिङ थालेको हो । 

निर्माण टिमले ‘कबड्डी ४’लाई यो शृंखलाको अन्तिम फिल्म बताएको छ । केही समयअघि नै टिजर सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ शृंखलाको अन्तिम फिल्म रहने बताएको थियो । 


अन्तिम शृंखलामा सौगात मल्ल जोडिएका छन् । दोस्रो भागमा काम गरेका सौगात तेस्रोमा अटाएका थिएनन् । चौथो शृंखलामा मैयाको रुपमा मिरुना मगर थपिएकी छिन् भने यही शृंखलाबाट भ्लगर गौमाया गुरुङ पनि फिल्मको हिस्सा बनेकी छिन् । गौमाया मिस युकेको २०११ कि विजेता पनि हुन् ।

‘कबड्डी’को पहिलो शृंखला ६ वर्षअघि प्रदर्शनमा आएको थियो । गाउँले परिवेश र भर्रा संवादले भरिएको फिल्मले सनसनी मच्चाएको थियो । त्यसपछिका शृंखलाले समीक्षक तथा बौद्धिक दर्शकबाट गाली पाए पनि बक्स अफिसमा भने फिल्मले पैसा छाप्दै आएको छ । ‘कबड्डी ३’ले मात्र १३ करोड ग्रस गरेको आंकडा सार्वजनिक भएका थिए । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दै आएका छन् । 
 


Author

थप समाचार
x