सिनेमा

‘आश्रम ३’को सेटमा तोडफोड, निर्देशक प्रकाश झाको अनुहारमा मसी

इकागज |
कात्तिक ८, २०७८ सोमवार १३:२६ बजे

मुम्बई - हिन्दु धर्म समर्थित बजरंग दलले भारतको भोपालमा सुटिङ भइरहेको ‘आश्रम ३’को सेट तोडफोड गरेको छ । प्रकाश झाले निर्देशन गरिरहेको यो सिरिजका केही कलाकारमाथि हातपात गरेको पनि समाचार छ ।

बजरंग दल समर्थित युवाले निर्देशक प्रकाश झाको अनुहारमा पनि मसी छर्किएको समाचार छन् । पहिलो भाग सार्वजनिक भएसँगै बजरंग दलले यो सिरिजको विरोध गर्दै आएको थियो । बबी देओल अभिनीत सिरिजले आश्रमको गुरुजीले महिलालाई दुव्र्यवहार गर्ने गरेको कथा प्रस्तुत गर्दै आएको छ । 


दलले प्रकाश झालाई चर्च वा मदरसामा हुने यस्तै कथामा फिल्म बनाउने हिम्मत छ ? भन्दै झाले जानाजान हिन्दु धर्ममाथि आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । 
बजरंग दलले फिल्मको शीर्षक परिवर्तन नभएसम्म सुटिङ गर्न नदिने बताएका छन् । उनीहरूले बबी देओललाई पनि नछोड्ने धम्की दिएकको समाचार आएका छन् । 
प्रकाश झाले भने अहिलेसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । उनले प्रहरी लिखित निवेदन पनि दर्ता नगराएको बताइएको छ । तर, प्रहरीले तोडफोडमा संलग्न सबैलाई समातेर कारबाही गर्ने आश्वासन दिएको छ ।  


Author

थप समाचार
x