सिनेमा

सिनेमा घरलाई अंग्रेजी फिल्मको भर , आउँदा हप्तालाई ‘डुन’

इकागज |
कात्तिक ८, २०७८ सोमवार १४:५४ बजे

काठमाडौँ - लामो समयदेखि बन्द रहेका हल असोज १ देखि खुले पनि हलमा नेपाली फिल्मको भने खडेरी छ । हल खुले पनि कुनै पनि नेपाली निर्माताले फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेका छैनन् ।

ओटिटीमा रिलिज गर्ने भनेर बनाएको फिल्म ‘डाँडाको बरपीपल’ हलमा रिलिज गरे पनि त्यसले दर्शक पाउन सकेन । बरु यसको एक हप्ता अघि रिलिज भएको ‘फास्ट एन्ड फ्युरियस ९’ले ठीकठाक व्यापार गर्यो ।


योभन्दा बछि लागेको ‘बरपीपल’ ढले पनि मल्टिप्लेक्समा अझ पनि ‘फास्ट एन्ड फ्युरियस ९’को एक दुई सो बाँकी छ । यसपछि हल खुलेका छ है भन्ने जनाउने काम दसैँ टीकाको एक दिन अघि रिलिज भएको ‘नो टाइम टु डाई’ले गर्दै आएको छ ।

यही क्रममा आउँदो शुक्रबार पनि हलमा दर्शकले नयाँ रिलिजको रुपमा अंग्रेजी फिल्म नै हेर्न पाउनेछन् । आउँदो शुक्रबार नेपालका सिनेमा घरमा आउने लागेको यो फिल्म भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । 

२२ अक्टोबरका दिन अमेरिकामा रिलिज भएको साइन्स फिक्सन विधाको यो फिल्मले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको छ । डेनिस भेल्लिन्युभको निर्देशन रहेको फिल्मको छायाँकनलाई अधिकांश समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । शुक्रबार नै अंग्रेजी फिल्म 'भेनम' रिलिज हुँदैछ भने यसको एक हप्तापछि मार्भलको 'साङ ची' रिलिज हुँदैछ ।

मल्टिस्टारर यो फिल्ममा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओ, जेभियर बार्डेम आदि कलाकारको अभिनय रहेको छ । नेपालमा यो फिल्म टि फोक फिल्मस्ले वितरण गर्न लागेको हो । कम्पनीले यसअघि पनि थुप्रै बलिउड तथा हलिउड फिल्म वितरण गर्दै आएको छ ।  
 


Author

थप समाचार
x