सिनेमा

नेटफ्लिक्सले ल्यायो टिकटकको जस्तै फिचर

इकागज |
कात्तिक २४, २०७८ बुधबार १३:४३ बजे

काठमाडौँ - नेटफ्लिक्सले बालबालिकाहरूलाई लक्षितगरी टिकटकको जस्तो फिचर सुरु गरेको छ । टिकटकको पछिल्लो लोकप्रियतासँगै टिकटक जस्तै फिचर सुरु गरेको हो । यो फिचर भने हाल एप्पल प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध रहेको छ । 

नेटफ्लिक्सको आईओएस एपमा देखा पर्ने 'किड्स क्लिप' सुविधाले बालबालिकाका कार्यक्रमहरू र चलचित्रहरूको पुस्तकालयबाट छोटो भिडियोहरू देखाउनेछ जुन टिकटकसँग मिल्दो रहेको छ । 


भिडियो-स्ट्रिमिङ जायन्टले नयाँ सुविधाहरू प्रयोग गरिरहेको छ जसले ग्राहकहरूलाई यसको क्याटलगमा थप शीर्षकहरूलाई उजागर गर्न सक्छ । यो कदमले  युट्युब तथा टिकटकका दर्शकहरू तान्ने प्रयास गरेको छ ।

प्रयोगकर्ताहरूलाई उनीहरूलाई मनपर्ने कार्यक्रमहरू फेला पार्न अर्को तरीका दिँदै नेटफ्लिक्सले यसको सबैभन्दा लोकप्रिय शीर्षकहरूको र्याङ्किङ पनि सिर्जना गरेको छ । बच्चाहरूको फिड फास्ट लाफहरू जस्तै हुनेछ, तर भिडियोहरू होरिजन्टल्ली अर्थात तेर्सो रूपमा हेरिने छन् र सम्पूर्ण स्क्रिन ओगट्नेछन्। बच्चाहरूले एक पटकमा १० देखि २० ओटा क्लिपहरू मात्र हेर्न सक्षम हुनेछन् ।


Author

थप समाचार
x