सिनेमा

युट्युबमा रुचाइयो ‘लम्फू’, निरन्तर ट्रेन्डिङमा

इकागज |
मंसिर १२, २०७८ आइतबार १४:५९ बजे

काठमाडौँ - हलमा सार्वजनिक भएको लगभग तीन वर्षपछि युट्युबमा सार्वजनिक भएको फिल्म ‘लम्फू’ले युट्यबुमा उत्साहजनक दर्शक पाएको छ । रिलिज भएको दोस्रो दिनदेखि नै ट्रेन्डिङमा छिरेको फिल्म सार्वजनिक भएको दस दिन भइसक्दा पनि टे«न्डिङबाट हटेको छैन । ६ नम्बर हुँदै दुईसम्म पुगेको फिल्म अहिले पनि नेपाल ट्रेन्डिङको ५ औँ नम्बरमा छ । 

फिल्मले यसको कथावस्तुलाई लिएर उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म हेरेर प्रतिक्रिया व्यक्त गर्ने अधिकांशले यसको कथा वस्तु अन्त्यन्त राम्रो रहेको प्रतिक्रिया दिएका छन् । कथावस्तु पछि भने दर्शकले सलोनको भूमिका मन पराएका छन् ।  हास्य चरित्रमा एकै शैलीका साथ देखापर्ने सलोनले यो फिल्ममा हसाउँदा हसाउँदै रुवाएको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ । 


गोलाचन्द्र लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा कबिर खड्का, मरिष्का पोखरेल र सलोन बस्नेत मुख्य भूमिकामा छन् । त्योबाहेक फिल्ममा चाँदनी शर्मा, सञ्जित भण्डारी, अजित लामिछाने, आयान खड्का र तरकारीवालीको रुपमा चर्चित कुसुम श्रेष्ठको अभिनय छ । पपुलर मल्टिमिडियाको प्रस्तुति रहेको फिल्मलाई शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् । 

 


Author

थप समाचार
x