सिनेमा

‘एक्स नाइन’मा कलाकारको थुप्रो, थपिए सुधांशु जोशी

इकागज |
मंसिर १४, २०७८ मगलवार १४:५० बजे

काठमाडौँ - सुटिङका लागि जोडतोडका साथ तयारी गरिरहेको ‘एक्स नाइन’ले कलाकार अनुबन्ध गर्ने सिलसिला भने रोकेको छैन । बलिउडका सुनिल सेठ्ठीलाई समेत अनुबन्ध गरेको दाबी गरिरहेको निर्माण टिमले मंगलबार सुधांशु जोशीलाई अनुबन्ध गरेको जनाएको छ । 

सुधांशुले ‘जाली रुमाल’, ‘नेपाल’ आदि फिल्ममा काम गरेका छन् । १५ वर्ष अगाडि ‘नेपाल’को निर्माण तथा अभिनय गरेका सुधांशु जोशी लामो समयदेखि अमेरिका बस्दै आएका छन् । 


जनवरीदेखि फ्लोरमा जाने चर्चामा रहेको फिल्ममा पहिले नै अनमोल केसी, सौगात मल्ल, अनुपविक्रम शाही, पुष्प खड्का, नबिन लम्साल, राज कटुवाल आदि कलाकार अनुबन्ध भइसकेका छन् । अभिनेत्रीमा भने निर्देशक मुकुन्द भट्टले नयाँ कलाकार भित्र्याउने तयारी गरिरहेको बताएका छन् । 

यो फिल्मको सुटिङ विदेशमा हुँदैछ । निर्देशक मुकुन्द भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनको पर्खाइमा रहेको छ । यो फिल्म फागुन १३ मा प्रदर्शनमा आउने चर्चा छ । 


Author

थप समाचार
x