सिनेमा

सिन्धुलीमा के गर्दैछिन् सृष्टि श्रेष्ठ ?

इकागज |
मंसिर १४, २०७८ मंगलबार १५:३२ बजे

काठमाडौँ - अभिनेत्री सृष्टि श्रेष्ठ केही दिनयता सिन्धुलीको टाइमलाइनमा सामाजिक सञ्जालमा देखिइरहेकी छिन् । उनले मंगलबार मात्र सिन्धुलीमा रहेको जनाऊ दिँदै फोटो र भिडियो पोस्ट गरेकी छिन् जहाँ उनी फोटोमा पानी भित्र छिन् भने भिडियोमा नदी किनारमा । 

अन्य हिरोइनको तुलनामा यदाकदा मात्र सामाजिक सञ्जालमा झुल्कने सृष्टिले  सिन्धुलीमा खुब रमाइलो मानेको उनका पोस्ट क्याप्सनले देखाउँछन् । स्रोतका अनुसार सृष्टि अहिले एउटा फिल्मको सुटिङको सिलसिलामा सिन्धुली पुगेकी हुन् । सौगात मल्लको समेत मुख्य भूमिका रहेको यो फिल्मको अहिले सिन्धुलीमा चुपचाप सुटिङ भइरहेको छ । 


सृष्टिले केही दिनअघि मात्र यो फिल्मको सेट ज्वाइन गरेकी हुन् । सौगात मल्लले पनि एक दिनअघि मात्र यो सेट ज्वाइन गरेको बुझिएको छ । सौगातले ‘कबड्डी ४’को सुटिङ सकाएर यो सेट ज्वाइन गरेका हुन् । ‘कबड्डी ४’को दुई दिनअघि मात्र जोमसोममा सुटिङ सकिएको थियो ।

यो फिल्मको सुटिङ सकाएपछि बल्ल सौगातले ‘एक्स नाइन’को तयारी थाल्नेछन् । तर निर्माताले ज्यान बनाउने कुरामा केही कमी नहोस् भनेर जोमसोममा नै जिमका आधारभूत सामान र सप्लिमेन्ट पुर्याउने गरेको खबर आएका थिए । 


Author

थप समाचार
x