सिनेमा

समाजसेवामा सक्रिय अभिनेता प्रशान्त गिरी

इकागज |
मंसिर १६, २०७८ बिहीबार ११:५० बजे

काठमाडौँ - 'बाउन्सर' रिलिज पश्चात अमेरिका पुगेका अभिनेता प्रशान्त गिरी यतिबेला नेपालमा छन् । नेपाल फर्केर उनी अहिले समाजसेवामा सक्रिए भएका छन् । उनले केहीदिन पहिले काभ्रे पुगेर आफूले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् ।

नेपाल फर्केर गिरी पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यवसायमा समेत सक्रिय भएका छन् । उनी अब चाँडै सिनेमा निर्माण तथा अभिनयमा पनि फर्किने तयारीमा छन् । उनले 'बाउन्सर' रिलिज लगत्तै निर्माण घोषणा गरेका सिनेमा 'बजरंगी'को काम अगाडि बढाउने तयारीमा छन् ।


'थ्याक्यु'बाट नेपाली सिनेमामा डेव्यु गरेका गिरी हरर सिनेमा 'साइना'मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । अब आफू 'बजरंगी'बाट निर्माण र अभिनयमा फर्किने तयारी गरिररहेको उनले बताए । यो सिनेमाको हाल स्क्रिप्टको  काम भैरहेको र अर्को वर्षको मध्येबाट छायांकन थाल्ने गिरीले बताए । उनी अमेरिकामा पनि ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय छन् ।


Author

थप समाचार
x