सिनेमा

एन्डरसनको ‘लिकोराइज पिज्जा’ यो वर्षको उत्कृष्ट फिल्म

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १४:३७ बजे

लसएन्जल्स - वर्ष सकिन लाग्दा हलिउडमा अवार्डको सिलसिला सुरु भएको छ । यही क्रममा नेसनल बोर्ड अफ रिभ्युले वर्षका उत्कृष्ट फिल्मसँगै विभिन्न विधामा विजेता छनोट गरेको छ । सन् १९०५ मा स्थापना भएको बोर्डले २ सय ५० फिल्मकर्मीको मतका आधारमा वर्षभरी रिलिज भएका फिल्मबाट उत्कृष्ट फिल्म, कलाकार र प्राविधिक छान्ने गरेको छ । बोर्डले विदेशी भाषामा बनेका फिल्ममध्येबाट पनि एक उत्कृष्ट फिल्म छान्ने गरेको छ । 

नेसनल बोर्ड अफ रिभ्युले जनाएअनुसार यो सालको उत्कृष्ट फिल्मका लागि पल थोमस एन्डरसनको ‘कमिङ अफ एज ड्रामा’लाई छानिएको छ । फिल्मका निर्देशक पल उत्कृष्ट निर्देशकको दौडमा अब्बल ठहरिएका छन् । फिल्मले थप एक विधामा पनि अवार्ड जितेको हो । बोर्डका अनुसार वर्षभरीका फिल्ममध्ये अविश्सनीय अभिनय कौसल प्रस्तुत गरेवापत यही फिल्मका अलान ह्याम र कुपर होफमेनलाई ‘ब्रेकथ्रु परफर्मेन्स’ अवार्ड प्रदान गरिएको हो । 


यही डिसेम्बरको २५ तारिखमा विश्वव्यापी प्रदर्शन थाल्न लागेको फिल्मलाई यो जितले अस्कर क्याम्पेनिङका लागि सजिलो हुने विश्वास गरिएको छ । यसअघि पनि बोर्डको निर्णायकबाट उत्कृष्ट फिल्मको अवार्ड पाउने फिल्मले अस्करमा मनोनयन पाउनुका साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेका छन् । 

जनवरीमा एक समारोहबीच प्रदान गरिने अवार्डमा अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः विल स्मिथ र राचेल जेगलरले जितेका छन् । विल ऐतिहासिक फिल्म ‘किंग रिचार्ड’को शीर्ष भूमिकाका लागि उत्कृष्ट ठहरिएका हुन् भने ‘वेस्ट साइड स्टोरी’बाट डेब्यु गरेकी राचेलले अभिनेत्रीतर्फको विधामा निर्णायकको प्रिय बनेकी हुन् । 
लेखन विधातर्फका दुई पुरस्कार भने कोयन ब्रदर्स र असगर फरहादीले जिते ।

कोयन ब्रदर्सले ‘दि ट्रेजेडी अफ मेकबेथ’ फिल्मका लागि एडप्टेड स्क्रिनप्लेको अवार्ड जिते भने फरहादीले ‘अ हिरो’ फिल्मका लागि मौलिक पटकथा लेखनतर्फको अवार्ड जिते । इरानियन निर्देशक फरहादीले यही फिल्मबाट उत्कृष्ट विदेशी फिल्मको अवार्ड पनि जिते । 

विजेता फिल्मको सूची यस प्रकार रहेको छ -

Best Film: “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Director: Paul Thomas Anderson, “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Actor: Will Smith, “King Richard” (Warner Bros)
Best Actress: Rachel Zegler, “West Side Story” (20th Century Studios)
Best Supporting Actor: Ciarán Hinds, “Belfast” (Focus Features)
Best Supporting Actress: Aunjanue Ellis, “King Richard” (Warner Bros)
Best Adapted Screenplay: Joel Coen, “The Tragedy of Macbeth” (Apple Original Films/A24)
Best Original Screenplay: Asghar Farhadi, “A Hero” (Amazon Studios)
Breakthrough Performance: Alana Haim and Cooper Hoffman, “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Directorial Debut: Michael Sarnoski, “Pig” (Neon)
Best Animated Feature: “Encanto” (Walt Disney Pictures)
Best Foreign Language Film: “A Hero” (Amazon Studios) – Iran
Best Documentary: “Summer of Soul (…Or, When the Revolution Could Not Be Televised)” (Searchlight Pictures)
NBR Freedom of Expression Award: “Flee” (Neon & Participant)
Best Ensemble: “The Harder They Fall” (Netflix)
Outstanding Achievement in Cinematography: Bruno Delbonnel, “The Tragedy of Macbeth” (Apple Original Films/A24)


Author

थप समाचार
x