सिनेमा

१२ पास भइन् अभिनेत्री करिष्मा

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १४:५६ बजे

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले २.४१ जिपिए ल्याएर  १२ कक्षा उत्तीर्ण भएकी छन् ।  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहानै सार्वजनिक गरेको हो ।

बाल्यकालमै फिल्ममा अभिनय गर्न थालेपछि करिष्माको पढाइ छुटेको थियो । उनले ५ वर्षअघि अचानक कक्षा ८ मा पढ्ने निर्णय गरेर पढाइलाई निरन्तरता दिने घोषणा गरेकी थिइन् । त्यसयता निरन्तर पढिरहेकी करिष्माले १२ को परीक्षा सकिएको दिन नै स्तानक पनि पढ्ने चाहाना रहेको बताएकी थिइन् । शुक्रबार नै सार्वजनिक भएको परिणामअनुसार गायिका रचना रिमालले पनि १२ कक्षा उत्तिर्ण गरेकी हुन् । 


 ‘म दुईवटा विषयमा ए प्लस ल्याएर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’  गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’  किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । 


Author

थप समाचार
x