सिनेमा

किम्फको १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म

इकागज |
मंसिर १९, २०७८ आइतबार १७:५४ बजे

काठमाडौँ - काठमाडौँ माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ । 

फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । 


अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म 'ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । 

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबाट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ ।


Author

थप समाचार
x