सिनेमा

हास्य कलाकारको ‘लक्का जवान’ वैशाख २३ मा

इकागज |
मंसिर २०, २०७८ ११:१९ बजे

काठमाडौँ - महामारीका कारण रोकिएको अर्को फिल्म ‘लक्का जवान’ले पनि प्रदर्शन मिति तोकेको छ । वितरक गोपालकाजी कायस्थले फिल्म वैशाख २३ मा प्रदर्शन हुने जानकारी गराएका छन् । 

यो फिल्म दुई वर्षअघि चैत २१ मा प्रदर्शन हुने गरी प्रचार प्रसारमा उत्रिएको थियो । तर चैत ११ मा सरकारले नै लकडाउन गरी सिनेमा हलसमेत बन्द गर्ने आदेश दिएपछि यो फिल्मको प्रदर्शन रोकिएको थियो । 


हास्य प्रधान यो चलचित्रमा कलाकारको भिड छ । फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल आदि कलाकारको अभिनय रहेको छ । 

फिल्मलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा र पटकथा पनि शिवहरी पौडेलकै हो । किरण केसी, शिवहरी पौडेल, दीलिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्ममा अनुसुया श्रेष्ठ निर्माता हुन् । 
 



Author

थप समाचार