सिनेमा

डिभोर्सको हल्ला चिर्ने वर्षाको प्रयास, ‘कसले के-के भने रे !’

इकागज |
पुस २९, २०७८ बिहीबार १२:३९ बजे

फोटो : वर्षा राउतकै फेसबुकबाट

काठमाडौँ - अभिनेत्री वर्षा राउतले श्रीमान् सञ्जोग कोइरालालाई इन्स्टाग्रामबाट गायब पारेपछि फैलिएका हल्ला चिर्न सकस भइरहेको छ । पछिल्लो समय वर्षा र सञ्जोग अलग अलग बस्न थालेका र दुवै सम्बन्ध विच्छेदको तयारीमा रहेको समेत हल्ला चल्न थालेका छन् । 

फिल्मकर्मी हुँदै यस्तो हल्ला सर्वसाधारण माझ पनि पुग्न थालेपछि भने वर्षाले सञ्जोगसँग सम्बन्ध पूर्ववत रहेको जनाऊ दिएकी छिन् । उनले बुधबार सञ्जोगसँगको तस्बिर राख्दै एउटा क्याप्सन लेखेकी छिन् जसले आफूहरूको सम्बन्धलाई लिएर चलेको हल्ला अफवाह भएको संकेत गरेकी छिन् । 


‘रिडिङ आवर र्युमर्स लाइक दिस, कसले के के भने रे ?’ उनले सञ्जोगसँग मोबाइलमा केही हेर्दै गरेको तस्बिर राख्दै लेखेकी छिन् । केही दिनअघि वर्षाले सञ्जोगको फोटो इन्स्टामा आर्काइभ गरेकी थिइन् । यो कुरा समाचारमा आएपछि सम्बन्ध विच्छेदको हल्ला व्यापक बनेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेका वर्षा र सञ्जोगको चार वर्षअघि विवाह भएको थियो । 


Author

थप समाचार
x