सिनेमा

फिल्म सुटिङ रोकिहाल्ने निर्देशन छैन : बोर्ड अध्यक्ष दाहाल

इकागज |
माघ ३, २०७८ सोमबार ११:५१ बजे

काठमाडौँ -सरकारले आजदेखि लागू हुने गरी माघ १५ सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले शुक्रबार मात्र प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट ३’लाई प्रत्यक्ष असर गरेको छ । तीन दिन मात्र चलेको यो फिल्मले प्रदर्शन स्थगित गर्नु परेको छ ।

सिनेमा हल बन्द भए पनि सरकारले सुटिङको विषयमा स्पष्ट निर्देशन दिएको छैन । फिल्मकर्मी यसले अन्यौलमा छन् । इकागजले यही विषयमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाललाई जिज्ञासा राख्दा सुटिङको विषयमा विशेष निर्देशन नभएकाले उही २५ देखि ५० जनासम्म भएर सुटिङ गर्न सकिने बताए ।


‘सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेको छ । सुटिङको हकमा पनि यही लागू हुन्छ अर्थात् २५ जनासम्मको टिम लिएर सुटिङ गर्न सकिन्छ । पार्टी प्यालेसमा सरकारले ५० जनासम्मलाई भेला हुन छुट दिएकाले यतिको संख्यासम्म पनि प्रयोग गर्न पाइयो,’ उनले भने ।

यतिबेला फ्लोरमा सुवर्ण थापाको निर्देशन रहेको ‘म’को सुटिङ चलिरहेको छ भने सौगात मल्ल, अनुपविक्रम शाहीको अभिनय रहेको ‘लाखे’ले सुटिङको तयारी गरिरहेको छ । यो फिल्मको सुटिङ बितेको २८ गतेबाट सुरु गर्ने तयारी थियो ।  
 


Author

थप समाचार
x