सिनेमा

अस्करको युट्युब च्यानलमा ‘जय भिम’

इकागज |
माघ ४, २०७८ मंगलबार १५:४६ बजे

मुम्बई - सत्य घटना प्रेरित तमिल फिल्म ‘जय भिम’ले अस्करको युट्युब च्यानलमा ठाउँ पाएको छ । सन् १९९३ मा घटेको एक घटनामा आधारित फिल्मको एउटा सिन र निर्देशकको छोटो भनाइलाई अस्करको युट्युब च्यानलले ठाउँ दिएको हो । फिल्मले केही समयअघि हलिउडको गोल्डेन ग्लोबमा पनि प्रवेश पाएको थियो । 

दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको फिल्म केही विवादमा पनि परेको थियो । त्यसका बाबजुद फिल्मले दलितको मुद्दालाई सतहमा ल्याएको भन्दै अधिकांशले यसको प्रशंसा गरेका थिए । फिल्म व्यापारिक रुपमा पनि निकै सफल मानिएको थियो । 


फिल्ममा सूर्याले न्यायाधीश चन्द्रुको भूमिका निर्वाह गरेका छन् । जस्टिश चन्द्रुको नामले चिनिने चन्द्रुले कसरी तमिलनाडुमा अन्यायमा परेको दलित परिवारलाई न्याय दिलाउन संघर्ष गर्नु परेको थियो, फिल्मले यही विषयलाई प्रस्तुत गरेको छ ।  अस्करमा समेटिएको भिडियो कुल १२ मिनेट ४७ सेकेन्डको छ । 

 


Author

थप समाचार
x