सिनेमा

‘ब्याटमेन’लाई लिएर फिल्म बनाउँदै बङ जून हो

इकागज |
माघ ६, २०७८ बिहिवार १५:३६ बजे

लसएन्जल्स - ‘प्यारासाइट’को विश्वव्यापी सफलतापछि दुई वर्ष चुपचाप रहेका कोरियन निर्देशक बङ जून हो नयाँ फिल्म निर्देशनको तयारीमा लागेका छन् । उनले नयाँ ‘ब्याटमेन’का कलाकार रबर्ट प्याटिसनलाई लिएर हलिउड फिल्म निर्देशन गर्न लागेका हुन् । उनले एडवार्ट एस्टनको उपन्यास ‘माइकी ७’ मा आधारित रहेर फिल्म निर्देशन गर्न लागेका हुन् । यो उपन्यास प्रकाशन भइसकेको छैन ।

तर एस्टनले यो उपन्यासको पाण्डुलिपी पहिले नै बङलाई दिएका थिए । त्यसैका आधारमा उनले अहिले फिल्मको लेखन गरिरहेका छन् । फिल्मलाई बार्नर ब्रोजले निर्माण गर्नेछ । बार्नर ब्रोजले नै बङ कार्यकारी निर्माता रहेको ‘प्यारासाइट’को कथामा बनिरहेको वेब सिरिजको पनि निर्माण गरिरहेको छ । बङ निर्देशित ‘प्यारासाइट’ अस्कर जित्ने पहिलो एसियाली फिल्म बन्न सफल भएको थियो । यसले उत्कृष्ट फिल्मसँगै पटकथामा पनि अस्कर अवार्ड जितेको थियो । 



Author

थप समाचार
x