सिनेमा

सुष्मिता सेनलाई ‘वर्किङ वुमन अवार्ड’

इकागज |
माघ ६, २०७८ बिहिवार १६:५९ बजे

मुम्बई - ‘आर्या’बाट लामो समयपछि पर्दामा फर्किएकी सुष्मिता सेनले यो सिरिजमा गरेको अभिनयले धेरैको मन जितेको थियो । निकै सफल मानिएको यो वेब सिरिजको दोस्रो भाग पनि भर्खरै सार्वजनिक भएको थियो ।

कतिसम्म भने सुष्मिता यही सिरिजमा गरेको अभिनयका कारण सानो पर्दाको अस्कर मानिने एम्मी अवार्डमा समेत मनोनयनमा परेकी थिइन् । यता अवार्ड नजिते पनि उनले साउथ एसियन फिल्म फेस्टिभलमा सिरिजमा उत्कृष्ट अभिनय गरेकावापत् ‘वर्किङ वुमन अवार्ड २०२१’ जितेकी छिन् । 


उनले ‘आर्या २’मा गरेको अभिनय कारण अवार्ड आयोजकले यो अवार्ड सुष्मितालाई दिएका हुन् । उनले आयोजकलाई एउटा पोस्टमार्फत धन्यवाद दिएकी छिन् । पोस्टमा उनले फिल्मका सम्पूर्ण सदस्यको लगन र मेहनतले आफूले त्यत्तिको काम गर्न सकेको भन्दै सम्पूर्ण सदस्यमा आधार प्रकट गरेकी छिन् । 

हालसालै भने सुष्मिता प्रेमीसँगको ब्रेकअपको खबरले पनि चर्चामा आएकी थिइन् । आफूभन्दा कम उमेरका प्रेमीसँग ४÷५ वर्ष लामो सम्बन्ध सकिएको सुष्मिता स्वयंले घोषणा गरेपछि सुष्मिता समाचारमा छाएकी थिइन् । 
 


Author

थप समाचार
x