सिनेमा

अस्कर अवार्डमा २ सय ७६ फिल्मबीच प्रतिस्पर्धा, भारतका २ फिल्म पनि उत्कृष्टताको दौडमा

इकागज |
माघ ७, २०७८ शुक्रबार १४:१६ बजे

लसएन्जल्स - अस्करको ९४ औँ संस्करणमा उत्कृष्ट फिल्मका लागि विभिन्न देशका २ सय ७६ फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । दि एकेडेमी अफ मोचर पिक्चर आर्टस् एन्ड साइन्सेसले बिहीबार सूची जारी गर्दै प्रतिस्पर्धामा रहने फिल्मको सूची जारी गरेको हो । 

सूचीमा भारतका दुई फिल्मसमेत अटाएका छन् । उत्कृष्ट फिल्मको सूचीमा सूर्याको अभिनय रहेको ‘जय भिम’ र मोहनलालको अभिनय रहेको ‘माराक्कर’ पनि अटाएका छन् । 


अस्करको भोटिङ जनवरी २७ देखि सुरु भएर फ्रेब्रुअरी १सम्म चल्छ । भोटिङमा सर्वोत्तम मत ल्याउने फिल्मको सूची फेब्रुअरी ८मा सार्वजनिक हुनेछ । डिसेम्बर १० मै अस्करले अन्तर्राष्ट्रिय विधामा प्रतिस्पर्धा गर्ने १५ फिल्मको सूची सार्वजनिक गरिसकेको छ । यो सालको अस्कर अवार्ड मार्चको २७ मा आयोजना हुँदैछ । अवार्डको प्रसारण एबीसी टेलिभिजनमा हुनेछ । 


Author

थप समाचार
x