सिनेमा

जन्मदिनमा नेफ्टा अध्यक्षले गरे प्राविधिकलाई आर्थिक सहयोग

इकागज |
माघ ९, २०७८ आइतबार ११:२१ बजे

काठमाडौँ -नेपाल प्राविधिक संघ ( नेफ्टा) का अध्यक्ष पुष्कर लामाले जन्मदिनको अवसरमा प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिबार जन्मदिन परेका उनले पार्टी गर्ने पैसा आर्थिक कठिनाइ झेलिरहेका चार प्राविधिकलाई दिएका हुन् ।

 उनले बारम्बारको महामारीले प्राविधिकलाई जीवन धान्न कठिन भएकाले आफूले फजुल खर्च नगरी उनीहरूलाई सहयोग गरेको बताए । उनले ४ जना प्राविधिकलाई ४ हजारको दरले सहयोग गरेका थिए ।


‘अघिल्ला वर्षहरूमा साथीभाइसँग केक काटेर रमाइलो गरिन्थ्यो । महामारीका कारण यो क्षेत्रका प्राविधिकहरू कत्तिको चुलो नबलने अवस्था छ । यस्तोमा मलाई रमाइलो गर्न मन लागेन,’ उनले भने, ‘बरु यो पैसा सहयोग गर्न मन लाग्यो । त्यसैले दयनीय आर्थिक अवस्था भएका चार जनालाई सानो सहयोग गरेको हुँ ।’

उनले आर्थिक सहयोग संघकै कार्यालय डिल्लीबजारमा हस्तान्तरण गरेका थिए । लामाबाट आर्थिक सहयोग पाउनेमा स्पट ब्वाईदेखि लाइटमेनसम्म थिए । उनीहरूले अध्यक्षले दिएको रकम आफूलाई संकटको समयमा लाख रहेको प्रतिक्रिया दिएका थिए । पुष्कर लामा दुई कार्यकालदेखि अध्यक्ष रहँदै आएका छन् । त्यसअघि पनि उनी संघमा उपाध्यक्षको जिम्मेवारीमा थिए । 


Author

थप समाचार
x