सिनेमा

स्वस्तिमाको मलयाली डान्सबाट के कुरा बुझ्‍न पर्च ?

इकागज |
माघ ९, २०७८ आइतबार १२:५९ बजे

काठमाडौँ - नेपालमा समेत सुटिङ भएको मलयालम फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय रहने कुराले स्वस्तिमाका फ्यान दंग थिए । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सट देख्दा मात्र पनि स्वस्तिमाले दक्षिण भारतमा नेपालको नाम चम्काउन लागेको भन्दै फ्यानले प्रशंसा गरेका छन् ।

निर्माण टिमले ट्रेलरपछि स्वस्तिमालाई मात्र फिचर गरेको आइटम गीतको टिजर सार्वजनिक गर्यो र अहिले पूरा गीत । तर पूरा गीतले मलयालममा के गर्ला थाहा छैन नेपालमा भने हल्का तरंग सिर्जना गरेको छ । पहिलो त मलयालम फिल्ममा स्वस्तिमा हिन्दी गीतमा नाचेकी छिन् ।


ट्रेलर र गीतको पृष्ठभूमि हेर्दा लाग्छ, केरलाबाट घुम्न आएका भारतीय नेपालमा वेश्यालय खोज्दै स्वस्तिमा नाच्ने ठाउँमा आइपुग्छन् र त्यहाँ भोग्नका लागि राखिएका तस्बिर हेर्दै मन परेको युवती छान्छन् ।  

केही अघिसम्म यस्ता तस्बिर राख्ने ठाउँमा निर्माण टिमले नेपाली अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्बिर राखेको थियो । यो सम्बन्धमा समाचार आएपछि निर्माण टिमले दुवै अभिनेत्री भएको भाग हटाइसकेको छ । तर सामाजिक सञ्जालमा स्वस्तिमा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाच्न कसरी राजी भइन् भन्ने प्रश्न उठेको छ । 

सामाजिक सञ्जालमा उठेका प्रश्न नाजायज पनि होइनन् । पहिलो कुरा त गीतले नेपालमा केटीहरु भोग्नका लागि छानी छानी पाइने देखाएको छ । यो त नेपालको गलत छवि पेस गर्ने दृश्य भयो ।

मलयाली निर्देशकले यस्तो कल्पना गरे होलान् तर स्वस्तिमाले यस्तो सन्देश दिनु हुँदैन भनेर रोक्न पर्दैन ? यस्ता गीत खेल्दिनँ भन्न पर्दैन ? पाएँ भन्दैमा अलकत्रै खाइदिने ।  कि उनले प्रकाश सपुतको गीतमा झैँ ‘कुरा बुझ्न पर्च’ भनेर नारी अधिकारका कुरा मात्र गरेर पुग्छ ? सामाजिक सञ्जालमा स्वस्तिमाको दोहोरो चरित्रमाथि प्रश्न उठेको छ । हेर्नुस् स्वस्तिमाको नृत्य : 

 


Author

थप समाचार
x