सिनेमा

अघिल्लो वर्ष भारतमा सबैभन्दा धेरै कमाइ गर्ने १० फिल्म

धेरै कमाउनेमा ‘पुष्पा’ पहिलो, सूचीमा जम्मा दुई हिन्दी फिल्म

इकागज |
माघ ९, २०७८ आइतबार १७:३ बजे

मुम्बई - सन् २०२२ को पहिलो महिना सकिएसँगै अघिल्लो वर्ष सर्वाधिक कमाउने फिल्मको सूची सार्वजनिक भएको छ । सूचीमा तेलगु फिल्म पहिलो नम्बरमा छ । डिसेम्बर १७ मा प्रदर्शन भएको यो फिल्म अहिले छैटौँ हप्तामा चलिरहेको छ र यसले महामारी र ओटीटीमा सार्वजनिक हुनुका बाबजुद आश्चर्यजनक कमाइ गरेको छ ।

हलमा लागेको १ महिनामै अमेजन प्राइममा सार्वजनिक भएको यो फिल्म अहिले पनि खुलेका धेरै हलमा चलिरहेको छ । सार्वजनिक तथ्यांकअनुसार फिल्मले अहिलेसम्म २ सय ३४ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ र अघिल्लो साल प्रदर्शन भएका फिल्ममध्ये यसको आम्दानी सबैभन्दा बढी हो । 


‘पुष्पा’ले यो रेकर्ड बनाउनुअघि सबैभन्दा धेरै कमाउनेमा अक्षयकुमार र कट्रिना कैफ अभिनीत ‘सूर्यवंशी’ थियो । तर ‘पुष्पा’ले यसलाई उछिनेको हो । ‘सूर्यवंशी’ ले २ सय ३१ करोड ७० लाख कमाइ गरेको छ । 

उत्कृष्ट १०को सूचीमा अधिकांश दक्षिण भारतीय फिल्म छन् भने जम्मा दुई हिन्दी फिल्म यो सूचीमा अटाएका छन् । तथ्यांकअनुसार ‘सूर्यवंशी’ पछि रनवीर सिंहको क्रिकेट ड्रामा ‘८३’ पनि धेरै कमाउने फिल्मको सूचीमा सामेल छ ।

यो फिल्मले ८६ करोड कमाइ गरेको आँकडा छ । तर दुई अर्ब हाराहारीको फिल्म नराम्ररी डुबेको चर्चा छ । यो फिल्म ९ औँ नम्बरमा छ । यो सूचीको तेस्रो स्थानमा हलिउड फिल्म ‘स्पाइडरमेन : नो वे होम’ पर्न सफल भएको छ । यो फिल्मले २ सय २६ करोड आम्दानी गरेको हो । 
हेर्नुस् सूची 

1.    पुष्पा : रु. 234 करोड़

2.    सूर्यवंशी : रु. 231.70 करोड़

3.    स्पाइडर-मैन: नो वे होम : रु. 226 करोड़ 

4.    मास्टर : रु. 209.60 करोड़

5.    वकील साहब : रु. 119.90 करोड़

6.    अखंड : रु. 103 करोड़ लगभग

7.    अन्नात्थे : रु. 102.50 करोड़

8.    उप्पेना : रु. 93.30 करोड़

9.    83 : रु. 86 करोड़ 

10. डॉक्टर : रु. 81.60 करोड़


Author

थप समाचार
x