सिनेमा

रिचर्ड गेरलाई चुम्बन गरेको मुद्दामा शिल्पालाई १५ वर्षपछि सफाइ

इकागज |
माघ ११, २०७८ मंगलबार १२:३ बजे

मुम्बई -हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पाविरुद्ध दर्ता मुद्दामा अदालतले सफाइ दिएको छ । अदालतले शिल्पालाई लगाइएका आरोपमा दम नभएको भन्दै १५ वर्षपछि मुद्दा खारेज गरेको हो । 

सन् २००७ मा राजस्थानमा भएको एउटा कार्यक्रममा रिचर्ड गेरले शिल्पालाई चुम्बन गरेका थिए । यो घटना राष्ट्रिय चर्चाको विषय बनेपछि उनका विरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एक मुद्दा दर्ता भएका थिए ।


उनले राजस्थानसँगै गाजियाबादमा घटनाको बारेमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन् । राजस्थानको अदालतले शिल्पाको बयानसँगै बाँकी आरोपमा पनि कुनै तर्क नभएको भन्दै मुद्दा खारेज गरेको हो । अदालतले गेरले चुम्बन गर्दा नरोकेको बाहेक बाँकी गतिविधि क्षम्य रहेकाले उनलाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो । 

शिल्पा अघिल्लो वर्ष भने श्रीमानका कारण समाचारमा छाएकी थिइन् । श्रीमान राज कुन्द्रालाई पोर्न फिल्मको व्यापार गरेको आरोपमा प्रहरीले समातेपछि शिल्पासमेत विवादमा तानिएकी थिइन् । राज अहिले धरौटीमा रिहा भएका छन् । 
 


Author

थप समाचार
x