सिनेमा

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’को सुटिङ सुरु

इकागज |
माघ ११, २०७८ १३:४० बजे

काठमाडौँ -बारम्बार सुटिङ मिति सरेको फिल्म ‘‘ह्यारीकी प्यारी’को अन्तत  सुटिङ सुरु भएको छ । गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको निर्देशन रहेको फिल्मको मंगलबारबाट पर्वतमा सुटिङ सुरु भएको हो । 

जितु नेपालको मेकअप गर्दै गरेको फोटो राख्दै सुटिङ गर्न लागेको जानकारी गराएका हुन् । सुटिङमा जानुअघिसम्म यो फिल्मको नाम ‘श्रीमान वान्टेड’ रहेको थियो । तर निर्माण टिमले सुटिङ हुने समयमा फिल्मको नाम परिवर्तन गरेको हो । फिल्ममा विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल आदिको पनि अभिनय रहनेछ ।


फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । यो फिल्मले जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने बताइएको छ ।भुवन केसी निर्देशित ‘ड्रिम्स’मा निर्माता रहेका कपिल रिजालले लन्डनमा केही सर्ट फिल्मको सुटिङ गरेका छन् । नेपालमा भने उनले पहिलो पटक फिचर फिल्मको निर्देशन गर्न लागेका हुन् ।



Author

थप समाचार
ad
x