सिनेमा

‘एक लभर’को फस्टलुक

इकागज |
असोज २६, २०७७ सोमबार १६:१७ बजे

लघु चलचित्र ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्मित फिल्मले दुई पोस्टर सार्वजनिक गरेको हो । 
 चलचित्रलाई दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव समेटिएको छ भने अर्को पोस्टरमा युवाको भिन्न चरित्रलाई देखाउन खोजिएको छ ।

विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका साहिल खान फिल्ममा मुख्य भूमिकामा छन् । फिल्ममा साहिलसँगै अनुपमा भण्डारी, राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्‍न सकिनेछ ।


एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । छोटो चलचित्र भएपनि यो चलचित्रले आम दर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको ज्ञवालीले जानकारी दिए । चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको पटकथा रहेको छ । फिल्म कात्तिक १७ गते सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य रहेको छ ।  


Author

थप समाचार
x