सिनेमा

बुढासुब्बा डिजिटल ह्याक प्रकरण : च्यानल फिर्ता आयो नाम आएन

इकागज |
चैत १७, २०७८ बिहीबार १४:२७ बजे

काठमाडौँ - बिहीबार राति ह्याकरमा कब्जामा परेको बूढासुब्बा डिजिटल फिर्ता भएको छ । च्यानल भित्र रहेका भिडियो फिर्ता आए पनि नामभने अझै फिर्ता भएको छैन । अहिले पनि च्यानलको नाम इथिरम देखाउँछ । इथिरम क्रिप्टोकरेन्सी को एउटा नाम हो । 

बूढासुब्बा डिजिटलका म्यानेजर विश्व खड्काले आफूहरूलाई च्यानल ह्याक भएको जानकारी बिहान मात्र पाएको तर तर त्यसलगत्तै गुगलसँग कुरा गर्दा कन्टेन्ट फिर्ता ल्याउन सफल भएको बताए । उनले च्यानलको नाम फिर्ता आउन बेलुकीसम्म लाग्न सक्ने बताए ।


‘हामी गुगलसँगै निरन्तर सम्पर्कमा रहेर च्यानलमा पहिलेकै स्वरुपमा ल्याउन प्रयास गरिरहेका छौँ । बेलुकासम्ममा सकिन्छ होला,’ उनले भने । उनले भिपिएन प्रयोग गरेर ह्याक भएकाले कहाँबाट ह्याक भयो भन्ने कुराको जानकारी पाउन नसकिएको बताए । ‘थुप्रै लोकेसन देखाउँछ । यसले भिपिएन प्रयोग गरेको भन्ने हाम्रो विश्लेषण छ । अब आत्तिनु पर्ने अवस्था छैन । अहिले सबैकुरा हाम्रो नियन्त्रणमा आइसकेको छ ,’ विश्वले भने । 

बिहीबार बिहान उड्दा बुढासुब्बाको ठाउँमा क्रिप्टोकरेन्सीको लाइभ चलिरहेको देखेपछि च्यानल ह्याक भएको सूचना फैलिएको थियो । ६० लाख हाराहारी सब्स्क्राइबर भएको च्यानलमा ११ हजार बढी नेपाली फिल्म तथा गीत संगीतसँग सम्बन्धित भिडियो थिए । 


Author

थप समाचार
x