सिनेमा

‘आदर्श नारी’ निर्देशक हेमबहादुर लामाको निधन

इकागज |
जेठ २, २०७९ सोमवार ११:४० बजे

फाइल फोटोः क्याप्टेन विजय लामासँग निर्देशक हेमबहादुर लामा (दायाँ)

काठमाडौँ - लगभग आधा दर्जन कलाकारलाई एकै फिल्ममा मौका दिएका निर्देशक हेमबहादुर लामाको निधन भएको छ । लामाको छोरा क्याप्टेन तथा चलचित्र अभिनेता विजय लामाले आइतबार मध्यान्‍न बुबाको मृत्य भएको पुष्टि गरेका हुन् । 

हप्तादिनदेखि मनमोहन कार्डिओ अस्पतालमा रहेका लामाको उपचारका क्रममा मृत्यु भएको हो । हप्ता दिनअघि उनलाई हृदयाघात भएपछि अस्पताल लगिएको क्याप्टेन लामाले सामाजिक सञ्जालमा जानकारी गराएका थिए । लामा ९५ वर्षका थिए । 


२०४१ सालमा प्रदर्शन भएको ‘आदर्शनारी’ लामाले निर्माण तथा निर्देशन गरेको एम मात्र फिल्म थियो । यो फिल्मबाट उनले छोरा विजय लामासँगै एक दर्जन कलाकारलाई डेब्यू गराएका थिए ।

यही फिल्मबाट सनी रौनियार, हनी रौनियार, अंशुमाला शाही, उज्जवल घिमिरे, मोहन निरौला, मदन परियार आदिले विभिन्न विधामा प्रवेश गरेका थिए । फिल्ममा लामाकै पटकथा तथा संवादसमेत थियो । लामालाई २०७७ सालमा निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको थियो । 


Author

थप समाचार
x