नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस मतगणना सकियो : कसले कति मत ल्याए ?

अनिष भट्टराई |
मंसिर २८, २०७८ मगलवार ९:२ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ ।

सभापतिका उम्‍मेद्‍वार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । डा .शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २४९ भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट ल्याएका छन् । 


राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६८१ जनाले मत खसालेका थिए ।

 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x